Logo
५ आश्विन २०८१, शनिबार
(May 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधवकुमार नेपालसहित ११ सांसद एमालेबाट निष्काशित

सत्तारुढ एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ सांसदलाई पार्टीको साधरण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले नेपाल र खनालसहित विघटित संसदका ११ सांसदलाई साधरण सदस्यसमेत नरहनेगरी निष्कासनको कारबाही गरेको एक नेताले जानकारी दिए ।

स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्कालाई कारबाही गरेको हो ।

प्रकाशित मिति: May 24, 2021

प्रतिक्रिया दिनुहोस्