जसपाका सांसदहरुद्वारा ठाकुर र महतोलाई यथोचित निर्णय लिन सबै अधिकार प्रदान
समाजवादी पार्टी (जसपा) का सांसदहरुले पार्टी अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेतालाई सबै अधिकार दिएका छन् ।
संसदीय दलका नेता महतोको अध्यक्षतामा सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा भएको बैठकमा सांसदहरु सबै अधिकार प्रदान गरेका हुन् ।
समय परिस्थिति अनुसार जे आवस्यक हुन्छ त्यो निर्णय लिने हामि सबै अधिकार दुवै नेतालाई सौम्पेका छौं सांसद प्रमोद साहले भने उहाँहरुले जे निर्णय लिनुहुन्छ हाम्रो त्यसैमा समर्थन रहने छ ।
उनका अनुसार २१ जना सांसदहरुको उपस्थिति रहेको थियो । बहुमत उपस्थितिका अधारमा उक्त निर्णय गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई शुक्रबार साँझ ५ बजेभित्र सरकारको विकल्प दिन आह्वान गरेपछि दलहरुको दौडधुप जारी छ ।
उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरु भेला भएका छन् ।
राजेन्द्र महतो संसदीय दलको नेता बनेपछि जसपाका सांसदहरुको बैठक बोलाइएको यो पहिलो पटक हो ।
यता, तत्कालीन सपा पार्टीका अर्थात उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका केहि सांसदहरुले भने बैठकबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् ।