Logo
५ आश्विन २०८१, शनिबार
(May 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निवर्तमान गृहमन्त्री थापालाई हराउँदै राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विपक्षी गठबन्धनका डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

बिहीबार बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै विपक्षी गठबन्धनको समर्थमा स्वतन्त्र उम्मेदवार बनेका देवकोटा विजयी भएका हुन् ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. देवकोटाले ५ हजार ८८ मतभारसहित प्राप्त गरे । देवकोटाका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार बादलले ४०१४ मतभार मात्रै प्राप्त गरे ।

स्वतन्त्र उम्मेदवार संघीयताविद् डा. देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन थियो ।

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका बादललाई विजयी गराउन एमालेले ह्वीप जारी गरेको थियो । तर, एमालेका नेता माधव नेपाल समूहका प्रदेशसभा सदस्य, नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखले बादललाई मत दिएनन् ।

प्रकाशित मिति: May 20, 2021

प्रतिक्रिया दिनुहोस्