Logo
५ आश्विन २०८१, शनिबार
(May 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध विपक्षी दल अदालत जाने

लुम्बिनी प्रदेशका विपक्षी दलहरू मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनःनियुक्तिविरुद्ध अदालत जाने भएका छन् ।

प्रदेशसभामा विपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (यादव समूह), राष्ट्रिय जनमोर्चा लगायतको संयुक्त बैठकले पुनः नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रीट निवेदन दर्ता गर्ने निर्णय गरेको हो ।

विपक्षी दलहरूको विरोधका बावजुद गत वैशाख १९ गते पोखरेलले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीको सपथ लिएका थिए । विपक्षी दलहरुले पोखरेलको नियुक्ति संविधानको मर्म र भावनाविपरीत रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति: May 19, 2021

प्रतिक्रिया दिनुहोस्