Logo
२८ कार्तिक २०८१, बुधबार
(May 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली र गण्डकीका मुख्यमन्त्री गुरुङको छिनोफानो एकैदिन हुने

प्रधानमन्त्री केपी ओली र गण्डकीका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङको छिनोफानो एकैदिन हुने भएको छ । संघीय संसद्को बैठक सोमबार दिउसो १ बजे बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपतिले सोमबार संसद्को बैठक आह्वान गरेकी छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिने बताएका छन् भने उता गण्डकी प्रदेशमा पनि अविश्वास प्रस्तावमाथि सोही दिन नै मतदान हुने भएको छ ।

गत वैशाख २ गते कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २सहित २८ सांसदले संयुक्तरुपमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

६० सदस्य रहेको प्रदेशसभामा अविश्वासको प्रस्ताव पारित गर्न ३१ मत आवश्यक पर्छ । यसअघि अविश्वास प्रस्तावको दिनमा नै राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित भएपछि रोकिएको थियो ।

उनी हराएको भन्दै सोही पार्टीले निवेदन दर्ता गरेपछि बैठक स्थगित गरिएको थियो ।

त्यसपछि विवादका कारण बस्न नसकेको बैठक आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार बिहान ११ बजे बस्ने निर्णय गरेको सांसद् कुमार खड्काले जानकारी दिए ।

सोमबार नै अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ ।

प्रकाशित मिति: May 6, 2021

प्रतिक्रिया दिनुहोस्