Logo
२८ कार्तिक २०८१, बुधबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशको जस्तै अवस्था आए प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?

यतिबेला लुम्बिनी प्रदेशक मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । कारण हो, कांग्रेस, माओवादी केन्द्र, जसपाबीच अविश्सवासको प्रस्ताव ल्याई पोखरेलबिरुद्ध मोचाबन्दी । अविश्वासको प्रस्तावमाथि प्रदेश सभामा छलफल हुनुभन्दा केही घण्टा अघि नै पोखरेलले राजीनामा दिनुलाई अर्थपूर्ण हिसाबले हेरिएको छ ।

केन्द्रमा पनि यतिबेला माओवादी केन्द्र, जसपा, कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध मोर्चाबन्दीको प्रयास भइरहेको छ । अविश्वासको प्रस्ताव आए प्रधानमन्त्री ओली सत्तामा रहिरहन कठिन हुनेछ । यस्तो अवस्थामा प्रधानमन्त्रीले अविश्वासको प्रस्तावको सामना गर्नु वा पदबाट राजीनामा दिनुको विकल्प रहदैन ।

लुम्बीनि प्रदेशमा भइरहेको पछिल्लो घटनाक्रमले ओलीलाई झस्काएको ओली निकट स्रोत बताउछ । अविश्वासको प्रस्तावमा सहमती नजाउन कांग्रेस, जसपालाई हरदम प्रयास गर्ने ओलीको रणनीति छ, यदी त्यो प्रयास फेल खाएर अल्पमतमा पर्ने खतरा ओलीमा आउनेछ । दलहरुबीच अविश्वासको प्रस्ताव ल्याउने सहमती जुट्यो भने ओलीले पदबाट राजीनामा दिने तयारी गरेको उच्च स्रोतले बतायो । यसबारे आज बालुबाटार बैठकमा भएको छलफलमा समेत इन्कित गरेका छन् ।

आइतबार आकस्मिक रुपमा बसेको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको विषय लगायतका प्रदेशमा पार्टीभित्रैबाट उत्पन्न स्थितिले गम्भीर अबस्था ल्याएको जानकारी गराएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

‘प्रधानमन्त्री ओलीले लुम्बिनी लगायतका प्रदेशहरुमा पार्टीभित्रैबाट उत्पन्न स्थितिको गम्भीरताबारे जानकारी गराउनुभयो,’ नेम्वाङले भने,‘ आजको क्याबिनेट बैठक र अहिलेको पछिल्लो कोभिडले पारेको असर बारेमा छलफल भयो।’

कर्णाली प्रदेशमा नेकपा एमालेका माधव नेपाल पक्षधर चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत दिएपछि ओली नेपालप्रति झस्किसकेका छन् ।

उनले नेपालसहितका २७ सांसदलाई कडा खालको स्पष्टीकरण पनि सोधेका छन्।

नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले पदमुक्त नै गर्नेगरी स्पष्टीकरण सोधेको भन्दै नेपाल पक्ष सर्वोच्च अदालत गएको छ।

प्रधानमन्त्री ओलीले नेता नेपालसहितका भिम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई चैत १६ र १९ गते ६ महिनाका लागि निलम्बन गरेका छन्।

अहिले २७ जना सांसदलाई कारबाही गर्ने अख्तियारी समेत ओलीले लिएका छन्।

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्