मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो ४ बजे बस्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
नियमित बैठक सोमबार र बिहीबार बस्ने भए पनि आजको बैठकमा कोभिड-१९ सम्बन्धी विशेष निर्णय हुन सक्ने स्रोतको भनाई रहेको छ ।
आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रित छलफल र सिफारिसबारे निर्णय हुन सक्ने अनुमान गरीएको छ ।
शुक्रवार सिँहदरवारमा बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले विभिन्न १४ निर्णय गरेको छ ।