पहिलो पटक भारतमा एकैदिन कोरोनाबाट ३ हजार २८६ जनाको मृत्यु
पछिल्लो सयमा भारत कोरोना संक्रमणको दोस्रो लहरबाट एकदमै चपेटामा परेको छ । अहिले भारतमा दैनिक ३ लाखभन्दा बढी कोरोना संक्रमित हुन थालेका छन् त्यस्तै भारतमा एकैदिन ३ हजार भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको ।
एकैदिन त्यति कोरोना संक्रमिको मृत्यु भएको पहिलो घटना हो ।मंगलबार भारतभरि ३ हजार २ सय ८६ जना संक्रमितको मृत्यु भएको भारतीय सञ्चार टाइम्स अफ इन्डियाले जनाएको छ ।
योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख पार गरेको छ। अहिलेसम्म भारतमा कोरोनाबाट २ लाख १ हजार १ सय ६ जनाको मृत्यु भएको छ । कोरोनाबाट २ लाख बढी नागरिकको मृत्यु हुनेको भारत चौंथो मुलुक बनेको छ।
कोरोनाबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुनेमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ । त्यहाँ ५ लाख ७२ हजार मानिसको मृत्यु भएको छ। दोस्रो नम्बरमा ब्राजिल ९३ लाख ९२ हजार० र तेस्रो नम्बरमा मेक्सिको ९२ लाख १५ हजार० छ।
अहिले पछिल्लो समयमा भारतमा अझै पनि संक्रमण तीव्र रूपमा बढिरहेकाले मृत्युदर पनि बढ्ने छ। मंगलबारमात्र भारतमा एकैदिन ३ लाख ६२ हजार संक्रमित थपिएका छन्।
पछिल्ला सात दिनदेखि भारतमा हरेक दिन ३ लाख बढी कोरोना संक्रमित थपिएका छन् भने २ हजार बढी संक्रमितको मृत्यु भएको छ ।