Logo
९ मंसिर २०८१, आईतबार
(April 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १९ गते आह्वान

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही बैशाख १९ गतेका लागि आहवान गरिएको छ ।

विपक्षी दलहरुको समावेदन अनुसार प्रदेश प्रमुखले १९ गते आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सूचना पाएपछि मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्य गराएका थिए ।

लगत्तै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा समावेदन गरेका थिए ।

उक्त अविश्वासको प्रस्तावको टुंगो लगाउन प्रदेश प्रमुखले वैशाख १९ गते विशेष अधिवेशन आह्वान गरेका हुन् ।

प्रकाशित मिति: Apr 28, 2021

प्रतिक्रिया दिनुहोस्