कोरोना बढेपछि सुर्खेतमा भोलि मध्यरातिदेखि एक हप्ता निषेधाज्ञा
कर्णाली प्रदेश स्थित सुर्खेत जिल्लाभर कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार ध्यरातिदेखि एक साताका निषेधाज्ञा जारी हुने भएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।
संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको हो । कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ ।
भोलिदेखि जिल्लाभर एक साता निषेधाज्ञा जारी हुनेछ ।निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडी मात्र सञ्चालन गर्न दिने बताइएको छ । जिल्लामा मात्रै तीन सय बढी सक्रिय संक्रमित छन् ।