Logo
१२ मंसिर २०८१, बुधबार
(April 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट भारतमा एकैदिन २८१२ जनाको मृत्यु, ३ लाख ५४ हजारभन्दा बढी संक्रमित

छिमेकी देश भारतमा पछिल्लो समयमा कोरोना संक्रमणले भयावहरुप लिएको छ । भारत यो समय कोरोना महामारीको भयानक अवस्थाबाट गुज्रिरहेको छ ।

अहिले भारतमा संक्रमितको चाप बढेकोले बिरामीलाई राम्रोसँग व्यवस्था गर्न अप्ठेरो अवस्था सृजना भएको छ । दैनिक ३ लाख माथी कोरोना संक्रमित थपिएकाले अहिले भारतमा अक्सिजनको कमि भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ५४ हजार ६५३ जनामा कोरोना पुष्टि भएको छ भने २ हजार ८१२ जना कोरोना संत्रमितको ज्यान गएको स्वास्थ्य मन्त्तालयले जनाएको छ ।

हिजो आइतबार भारतमा एकै दिन ३५४६५३ जना कोरोना थपिएका थिए । यो विश्वभर देखिएकामध्ये सबैभन्दा बढी तथ्यांक हो ।

भारतमा लगातार पाँचौ दिनसम्म ३ लाख बढी संक्रमित फेला परेका छन् । भारतमा अहिलेसम्म १ करोड ७३ लाख ६ हजार ४२० जना संक्रमित भएका छन् ।

प्रकाशित मिति: Apr 26, 2021

प्रतिक्रिया दिनुहोस्