Logo
५ आश्विन २०८१, शनिबार
(April 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संक्रिमित ह्वात्तै बढे, चार साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सुझाव

कोरोना संक्रमितको संख्या बढ्दै गएकाले काठमाडाैं उपत्यका अतिप्रभावित जिल्लामा चार साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ ।

कोभिड १९ संकट व्यवस्थापन समिति सीसीएमसीको बैठकमा यसबारेमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

‘सीसीएमसीको बैठकमा स्वास्थ्य मन्त्रालयको समेत प्रतिनिधित्व रहन्छ । त्यसमा यो विषयको सुझाव दिइएको छ जनस्वास्थ्यको संवेदनशीलताका आधारमा मन्त्रिपरिषद्को बैठकले उपयुक्त निर्णय लिन सक्छ । अहिले त सुझाव मात्रै दिनुभएको हो’, उनले भने ।

सीसीएमसी प्रमुख उपप्रधानमन्त्री ईश्वर पोखरेलले यस विषयमा प्रधानमन्त्री केपी ओलीलाई आजै ब्रिफिङ गर्ने कार्यक्रम छ । प्रवक्ता गौतमले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई आग्रह गरेका छन् । सरकारको कोभिडसम्बन्धी मापदण्ड पालना गर्दै सुरक्षित रहन उनले भनेका छन् ।

प्रकाशित मिति: Apr 24, 2021

प्रतिक्रिया दिनुहोस्