Logo
१२ मंसिर २०८१, बुधबार
(April 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भयावह बन्यो भारतमा कोरोना, एकैदिन थपिए ३ लाख ३२ हजारभन्दा बढी संक्रमित !

छिमेकी मुलुक भारतमा पछिल्लो समयमा कोरोना संक्रमण भयावह बनीरहेको छ ।

शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्यांकमा यहाँ गएको २४ घन्टा यतामात्र थप ३ लाख ३२ हजारभन्दा बढी नागरिक यसका संक्रमित भेटिएका छन् ।

यो संख्या भारतमा अहिलेसम्ममा एकै दिन देखिएको संक्रमणको सबैभन्दा ठूलो संख्या भएको बताइएको छ । त्यसैगरी यहाँ गएको २४ घन्टा यता २ हजार २६३ जनाको ज्यान गएको छ ।

यसरी कोरोना भाइरसको संक्रमणकै कारण भारतमा २४ घन्टामा भएको यो मृत्यु सबैभन्दा बढी हो ।यसरी भारतमा अहिलेसम्ममा यो संक्रमणबाट १ करोड ६२ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ ।

त्यसैगरी भारतमा यो संक्रमणबाट मात्र एक लाख ८६ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।भारतमा यसअघि तीन लाखभन्दा केही बढी संक्रमित एकैदिन भेटिएका थिए ।

तर बिहीबार भने ३ लाख ३२ हजार भन्दा बढी नागरिक यसका संक्रमित भेटिएका हुन् ।कोरोना माहामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ ।

यद्यपी, संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड ५४ लाख ७८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुटनिक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुटनिक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा बिहीबार मात्रै १७ लाख ४० हजार ५५० जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २२ सम्म कूल २७ करोड ४४ लाख ४५ हजार भन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार ६४० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । –सिन्ह्वा

प्रकाशित मिति: Apr 23, 2021

प्रतिक्रिया दिनुहोस्