महाराष्ट्रको एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु
छिमेकी मुलुक भारतको महाराष्ट्रको वसाइमा अवस्थित विराज वल्लभ कोभिड अस्पतालमा आगलागी हुदाँ १३ जना बिरमीको मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमहरुले मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको र आगलागीबाट अस्पतालमा उपचाररत १३ जना बिरामीको मृत्यु भएको जनाएका छन् । आगलागीमा घाइते भएका बिरामीलाई अर्को अस्पतालमा रेफर गरिएको छ ।
अस्पतालमा आज९शुक्रबार० बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो ।अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो। आगलागी भएको अस्पताल मुम्बईबाट ७० किमीको दूरीमा रहेको छ।
शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको बताइएको छ। अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन्।
विद्युतभई आगो लागेको प्रारम्भिक अनुमान गरिए पनि थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।यसअघि महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।