Logo
५ आश्विन २०८१, शनिबार
(April 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न भक्तजनलाई फेरी रोक

पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको छ।

कोरोना भाइरसका संक्रमित वृद्धि भएसँगै शुक्रबारदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेल भक्तजनले पशुपतिनाथमा पूजाआजा गर्न पाउने छैनन्।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाले सूचना जारी गरेर पशुपतिनाथलगायत मन्दिरमा नित्य पूजाबाहेक अन्य पूजा नहुने जनाएका छन्।

‘पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने व्यवस्था गरिएको छ,’ सूचनामा भनिएको छ।

सरकारले भिडभाड हुने क्षेत्रमा भिड नियन्त्रण गर्न अनुरोध गरेको थियो।

आज नेपालमा दुई हजार चार सय २८ जनामा कोरोना देखिएको छ।

प्रकाशित मिति: Apr 22, 2021

प्रतिक्रिया दिनुहोस्