Logo
१३ मंसिर २०८१, बिहीबार
(April 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्जका दुई न्यायाधीश र उच्च अदालतका १२ कर्मचारीसहित ८८ जनामा कोरोना पुष्टि

प्रदेश नं २ स्थित जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीश र उच्च अदालतका १२ कर्मचारीसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधवार १ सय ९२ जनाको स्वाबको नमुना परीक्षण गर्दा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये दुई न्यायाधीश, १२ उच्च अदालतका कर्मचारी, २४ जना महिला छन् ।पर्साका ७९ सङ्क्रमितमध्ये ७६ जना वीरगञ्जका र ३ जना बहुदरमाई नगरपालिकाका छन् । पर्साका ७९, बाराका ७ तथा रौतहट र रुकुमका १/१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

४ देखि ७८ वर्षका सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३४ रहेको नारायणी अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति: Apr 22, 2021

प्रतिक्रिया दिनुहोस्