Logo
५ आश्विन २०८१, शनिबार
(April 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिना निष्कर्श सकियो

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे निर्णय नगरी नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आजका लागि सकिएको छ ।

बैठकले सरकारलाई दिएको समर्थनबारे कुनै औपचारिक निर्णय नगरेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।

यो सरकारलाई आफूहरूको समर्थन नरहेको र औपचारिक निर्णयबारे भोलि बस्ने बैठकमा छलफल हुने श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले वर्तमान सरकारलाई विस्थापित गरेर नयाँ सरकार गठनको पहल भइरहेको पनि बताएका छन् ।

सरकारलाई आफूहरूको समर्थन नरहने बताए पनि औपचारिक रूपमा भने माओवादीले समर्थन फिर्ता लिएको छैन ।

आजको बैठकबाट समर्थन फिर्तासम्बन्धी निर्णय हुने नेताहरूले बताएका थिए । अर्को बैठक भोलि बस्नेछ ।

प्रकाशित मिति: Apr 20, 2021

प्रतिक्रिया दिनुहोस्