Logo
५ आश्विन २०८१, शनिबार
(April 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले धमाधम ‘एक्सन’ लिन थालेपछि माधव नेपाल समूह झक्कियो

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी हित विपरित लागेको भन्दै माधवकुमार नेपाल निकटका नेता तथा सांसद्हरुलाई हटाउन ‘एक्सन’ लिन थालेपछि नेपाल समूह झक्किएको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदहरुलाई छलफलमा बोलाएका छन्।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न वरिष्ठ नेता नेपालले सांसदहरुलाई बोलाएको नेपाल पक्षका सांसद दीपक प्रकाश भट्टले बताए।

बानेश्वर स्थित अर्याल होटलमा नेपाल पक्षका सांसदको बैठक बस्ने छ।

नेपालसहित २७ सांसदलाई पदबाट किन नहटाउने ? भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि नेपालले तत्काल छलफलका लागि आफू निकट सांसदलाई बोलाएका हुन्।

वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे लगायत २७ सांसदलाई सो स्पष्टीकरण सोधिएको हो।

प्रकाशित मिति: Apr 20, 2021

प्रतिक्रिया दिनुहोस्