Logo
५ आश्विन २०८१, शनिबार
(April 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी ओलीलाई गोकर्ण विष्टले भने : सांसदमाथि बिनाकारण कारबाही गरेर समाधान हुँदैन

नेकपा एमालेका सांसद गोकर्ण विष्टले माधव नेपाल समूहका सांसदलाई अध्यक्ष केपी शर्मा ओलीले धमाधम कारबाही गरेकोप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेखेर विष्टले समस्या समाधानको लागि संयमीत र जिम्मेवारीपूर्ण पहल नगरी कारबाही गरेर पार्टी एकतामा गम्भीर संकट देखा परेको बताएका हुन् ।

‘विगत केही समय यता नेकपा एमालेमा देखापरेका समस्याहरूको समाधानका लागि संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरूमाथी कारबाहीका घटनाहरू अघि बढाइएको छ,’ उनले लेखेका छन्, ‘यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ । संवादहीनता र कारबाहीको बाटो कुनैपनी हालतमा समाधान हुन सक्दैन ।’

विष्टले अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर एकता जोगाउन सकिने पनि बताएका छन् । ‘अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट संचालन गरेर नै एकता जोगाउन सकिन्छ,’ उनले भने, ‘एउटा इमान्दार कार्यकर्ताकोलागि पदीय हैसियत भन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथी हुन्छ । यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधिमार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौँ ।’

प्रकाशित मिति: Apr 20, 2021

प्रतिक्रिया दिनुहोस्