Logo
१० माघ २०८१, बिहीबार
(April 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीमा मन्त्री बनेका चार सांसदलाई राजीनामा दिन जसपाको दबाब

लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका चारजना मन्त्रीलाई जसपाले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जनता समाजवादी पार्टी, नेपाललुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक कुमार यादवले हिजो (सोमबार०)साँझ विज्ञप्ति निकालेर २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

सांसदहरु विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आजमात्रै मन्त्रीको सपथ खाएका थिए ।

चारै जना सांसदलाई मन्त्रीबाट राजीनामा दिन समेत भनिएको छ । चित्तबुझ्दो जवाफ नदिए सांसद पदसमेत नरहनेगरि कारबाही गरिने पनि पार्टीले जनाएको छ ।

प्रकाशित मिति: Apr 20, 2021

प्रतिक्रिया दिनुहोस्