Logo
५ आश्विन २०८१, शनिबार
(April 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जब देवरले रोशनीको टाउकोमाथि एक्कासी रड प्रहार गरे….

काठमाडौंमा नाटकीय ढंगले देवरले भाउजूको हत्या गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० बुलबुलेमार्गका ४८ वर्षीय मोहन राज भण्डारीले आफ्नी भाउजू ४८ वर्षीया रोशनी राज भण्डारीको शनिबार बेलुकी सात बजे टाउको रड प्रहार निर्ममतापूर्वक हत्या गरेका हुन ।

बाटोमा हिडिँरहेकी रोशनीलाई मोहनले लखेटेर रडले हिर्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए।

‘देवरले भाउजूलाई फलामको रडले टाउकोमा हिर्काएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ उनले भने।

हत्यापछि उनी ट्याक्सी चढेर महानगरीय प्रहरी परिसर टेकुमा आत्मसमर्पण गर्न पुगेका थिए।

भाउजूको हत्या गरेर ‘आत्मसमर्पण गर्न’ आएको बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। हत्यामा प्रयाेग भएकाे गल बरामद भएकाे प्रहरीले जनाएकाे छ।

फलामको रड प्रहार भएपछि गम्भीर घाइते भएकी रोशनीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो।

चिकित्सकहरूले उनको शनिबार राति आठ बजे मृत्यु भएको पुष्टि गरेका थिए।

प्रकाशित मिति: Apr 18, 2021

प्रतिक्रिया दिनुहोस्