Logo
५ आश्विन २०८१, शनिबार
(April 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकार अल्पमतमा पर्ने खतरा, समर्थन फिर्ता लिन माओवादीले डाक्यो स्थायी समिति बैठक

केपी ओली सरकार अल्पमतमा पर्ने खतरा बढेको छ । समर्थन फिर्ता लिन माओवादी केन्द्रले स्थायी समिति बैठक डाकेसँगै ओली सरकार अल्पमतमा पर्न लागेको हो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्नको लागि नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ।

भोलि सोमबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको सो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने बताइएको छ।

‘अहिलेसम्मका छलफललाई हेर्दा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्ने निश्चित भएको छ, भोलि बस्ने बैठकबाट निर्णय गछौं,’ स्थायी समिति सदस्य मात्रिका यादवले भने, ‘कर्णाली प्रदेशमा माओवादी मुख्यमन्त्रीले विश्वास मत पाएपछि यसले केन्द्रीय सरकारमा गर्नुपर्ने समीकरणका लागि पनि एउटा मार्गनिर्देश गरेको छ।’

कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएपछि माओवादी केन्द्रले संघीय सरकारमा पनि ओली सरकार फेर्ने गृहकार्य गरेको हो।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार र संघीय सरकारसमेत बदल्ने तयारी भइरहेको बताएका थिए।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गरेको बताउँदै दाहालले लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तनका निम्ति करिब बहुमत सदस्यको हस्ताक्षर संकलन भइ नै सकेको बताएका थिए।

प्रकाशित मिति: Apr 18, 2021

प्रतिक्रिया दिनुहोस्