सप्तरीमा बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ
प्रदेश नं २ स्थित सप्तरीमा बालिका बलात्कार गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ ।
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिका-७ बलुवा घर भएका सुनिल कुमार यादवलाई प्रहरीले पक्राउ गरेको गरेको हो ।
१९ वर्षीय सुनिलले १५ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बालिका बलात्कार गरेर भागेका उनलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।