Logo
३ माघ २०८१, बिहीबार
(April 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले वृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ पुगेको छ । डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १०४ पुगेको छ ।आन्तरिक उडानतर्फको हवाइ इन्धनको साविकको बिक्री मूल्यमा दुई रुपैयाँ वृद्धि हुँदा प्रतिलिटर ७६ पुगेको छ ।

भारतीय आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो ।

खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्यवृद्धि गरिएको छैन । निमगका अनुसार नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ४१७ रुपैयाँ ४७ पैसा घाटा रहेको छ । त्यस आधारमा १५ दिनमा ७० करोड ६६ लाख घाटा हुनेछ ।

प्रकाशित मिति: Apr 18, 2021

प्रतिक्रिया दिनुहोस्