Logo
५ आश्विन २०८१, शनिबार
(April 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार गिराउन माेचाबन्दी भएसँगै मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य

चार दलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ ।

सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्यसम्बन्धी पत्र बिहीबार बिहान प्रदेशसभामा पुगेको छ । बिहान १०ः ३० बजे मात्र पत्र आइपुगेको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

यो अधिवेशन २५ चैतमा मात्र सुरु भएको थियो । र, ६ वैशाखका लागि अर्को बैठक तोकिएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए ।

तर मध्यरातमै अधिवेशन अन्त्य भयो ।

प्रकाशित मिति: Apr 15, 2021

प्रतिक्रिया दिनुहोस्