Logo
५ आश्विन २०८१, शनिबार
(April 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वासको मत लिन कर्णालीका मुख्यमन्त्री तयार, माधव पक्षले नसघाए अल्पमतमा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।

शाहीले मंगलबार प्रदेशसभा सचिवालयलाई लेख्दै विश्वासको मत लिन आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्।

‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने प्रायोजनका लागि आवश्यक व्यवस्था मिलाइदिनु हुन अनुरोध गर्दछु,’ मुख्यमन्त्री शाहीले प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ।

नेकपा एमालेले गत चैत ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णाली सरकार अल्पमतमा परेको थियो।

एमालेको संस्थापन पक्षले चैत ५ गते विश्वासको मत फिर्ता लिए पनि माधव नेपाल पक्षधरले तीन मन्त्रीले भने २४ गते राजीनामा बुझाएका थिए ।

यसअघि कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन चैत १८ गते ध्यानाकर्षण गराएका थिए।

संविधानको धारा १८८ को २ अनुसार सरकारमा रहेको दल विभाजन भए वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: Apr 14, 2021

प्रतिक्रिया दिनुहोस्