Logo
५ आश्विन २०८१, शनिबार
(April 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी संसदमा निर्णयार्थ पेस नगरिएकोमा सभामुखप्रति प्रधानमन्त्री असन्तुष्ट

प्रधामनमनत्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ पेस नगरिएको भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका छन् ।

नयाँ वर्षका अवसरमा सिंहदरबारबाट प्रत्यक्ष टेलिभिजन सम्वोधन गर्दै उनले सभामुखको नाम नलिइकन सापकाेटाले संविधान नमानेको आरोप लगाए ।

ओलीले भने, ‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो । त्यसलाई संसदमा टेबल गरेका छौं । निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं । सरकारले प्रस्तुत गरिसकेपछि राेक्ने संवैधानिक अधिकार कसैसँग हुँदैन । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ ।’

प्रकाशित मिति: Apr 14, 2021

प्रतिक्रिया दिनुहोस्