Logo
५ आश्विन २०८१, शनिबार
(April 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता समीकरणबारे रस्साकस्सी : उपेन्द्र यादवसहित जसपाका नेता देउवा निवासमा

नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मंगलबार भेटवार्ता भएको छ ।

बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा सत्ता समीकरणमा विषयमा छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

यसअघि शुक्रबार देउवाले काँग्रेस, माओवादी र जसपाबीच संयुक्त बैठक राखेका थिए । जसमा देउवाले काँग्रेसको नेतृत्व नयाँ सरकार निर्माणका लागि माओवादी र जसपासामु प्रस्ताव राखेका थिए ।

देउवाको प्रस्तावको माओवादीले स्वागत गरे पनि जसपाले निर्णयमा पुग्न समय मागेको थियो । जसपाको पदाधिकारी बैठकमा छलफल गरेर बाबुराम र उपेन्द्रले देउवासँग संवादमा जुटेका हुन् ।

प्रकाशित मिति: Apr 13, 2021

प्रतिक्रिया दिनुहोस्