गृह मन्त्रालयले गर्यो ८ जिल्लाका सीडीओको सरुवा, अध्यागमनको महानिर्देशकमा भट्टराई
गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी को सरुवा गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आठ जिल्लाका प्रजिअसहित २६ जना सह-सचिव र उप-सचिवको सरुवा गरेका हुन् ।अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरिएको छ ।
सह-सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ ।
थप जानकारीको लागि तल सूचना हेर्नुहोस् :