Logo
५ आश्विन २०८१, शनिबार
(April 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

द्रुतमार्गको सुरुङ-पुल निर्माण : प्याकेज २ काे टेन्डर प्रक्रिया रद्द गर्न निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को सुरुङ र पुल निर्माणको खरिद प्रक्रियाको दोस्रो प्याकेज रद्द गर्न निर्देशन दिएको छ ।

सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा फास्ट ट्र्याक निर्माणमा संलग्न नेपाली सेनाका अधिकारीहरूसँगको छलफलपछि समितिले निर्माणका लागि प्रतिस्पर्धा नभएको सुरुङ र पुल निर्माणको खरिदको दोस्रो प्याकेज रद्द गरेर फेरि नयाँ प्रक्रिया थाल्न निर्देशन दिएको समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

‘प्रतिस्पपर्धामा प्रि-क्वालिफिकेसनपछि जुन टेन्डर आह्वान गरिएको थियो त्यसमा प्रि-क्वालिफिकेसनबाट छनोट भएको पहिलो प्याकेजमा दुई वटा कम्पनी र दोस्रो प्याकेजमा एउटा कम्पनी मात्रै छनोट भएकोमा प्रतिस्पर्धा हुन नसकेको जुन प्याकेज (दोस्रो प्याकेज) छ जसमा एउटा मात्रै कम्पनी छनोट गरिएको, त्यसलाई रद्द गरी प्रि- क्वालिफिकेसनको प्रक्रियाको सुरुवात गर्न समितिले निर्देशन दिएको छ,’ समिति सचिव पाण्डेले भने ।

प्रकाशित मिति: Apr 1, 2021

प्रतिक्रिया दिनुहोस्