Logo
५ आश्विन २०८१, शनिबार
(March 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउन १ गतेदेखि वृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् ।

मंगलबार रिपोर्टस क्लबको वार्षिकोत्सव कार्यक्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी बजेटमार्फत् सामाजिक सुरक्षा भत्ता बढाउने बताए ।

प्रधानमन्त्री ओलीले कसैलाई आपत्ती भए पनि वृद्धभत्ता बढाउने ठोकुवा गरे ।

‘साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ती लाग्ला, लाग्न सक्छ । आपत्ती लाग्छ भने पनि सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुने गरी बढाइनेछ,’ उनले भने ।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको बामपन्थी गठबन्धनले गत निर्वाचनमा वृद्धभत्ता बढाएर ५ हजार पुर्याउने घोषणा गरेको थियो ।

हाल वृद्धभत्ता मासिक ३ हजार रुपैयाँ छ ।

प्रकाशित मिति: Mar 30, 2021

प्रतिक्रिया दिनुहोस्