माधवकुमार नेपाल र भीम रावल पार्टी सदस्यबाट निलम्बन
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।
उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।
कारबाहीको सूचना पाएपछि नेपाल र रावलले प्रचण्डसँग भेट गरेका थिए ।