Logo
५ आश्विन २०८१, शनिबार
(March 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री र सभामुखबीचको संवादहिनता तोडियो,संसद्लाई प्रभावकारी गराउन दुई घण्टा छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख सापकोटा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो।

प्रतिनिधि सभाको अघिल्लो अधिवेशनपछि पहिलोपल्ट उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्तामा पुनःस्थापित प्रतिनिधि सभालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ। उनीहरूबीच करिब दुई घण्टा छलफल भएको हो।

छलफलमा महत्वपूर्ण विधेयकका विषयमा पनि कुराकानी भएको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले बताए।

गत सोमबार सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेटका लागि समय मागेको भएपनि पाइनसकेको बताएका थिए।

प्रकाशित मिति: Mar 28, 2021

प्रतिक्रिया दिनुहोस्