Logo
१९ मंसिर २०८१, बुधबार
(March 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस मञ्चको अवरोधपछि पत्रकार महासंघको निर्वाचन कार्यक्रम तालिका हेरफेर

सदस्यता बितरणमा काँखापाखा गरिएको भन्दै प्रेस मञ्च नेपालले अवरोधपछि नेपाल पत्रकार महासंघको जारि निर्वाचन कार्यक्रम तालिका हेरफेर गरिएको छ ।

अब उम्मेदवारको मनोनयन भने १४ गते हुने भएको छ, यसअघि १३ गते मनोनयन गर्ने मिति तोकिएको थियो । अब १३ गते भने अन्तिम सदस्यताको शुचि प्रकाशण गरिनेछ ।

बिहिवार साँझ निर्वाचन समितीले उक्त निर्वाचन तालिका सार्वजनिक गरेको हो । बिहिवार नै नेपाल पत्रकार महासंघ र प्रेस मञ्च नेपालबीच दुई बुँदे सहमति भएको छ ।

महासंघका सचिव प्रकाश थापा र मञ्चका महासचिव निमेष कर्णले विहीबार दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सहमतिसँगै मञ्चले सुरु गरेका आन्दोलनका कार्यक्रमहरु स्थगन भएको छ ।

दुई बुँदे सहमतिको पहिलो बुँदामा विभिन्न जिल्लामा देखिएको सदस्यता विवाद समाधानमा मञ्चले राखेका माग सम्बोधनका लागि महासंघ प्रतिबद्ध रहेको उल्लेख छ ।

यसका लागि महासंघले निर्वाचन समितिलाई आग्रह गर्ने सहमतिपत्रमा उल्लेख छ ।

‘महासंघको घोषित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न मञ्च प्रतिवद्ध छ,’ सहमतिपत्रको दोस्रो बुँदामा उल्लेख छ । मञ्चले महासंघको वर्तमान केन्द्रीय नेतृत्वले विभिन्न जिल्लामा केन्द्रबाट आफूखुसी सदस्यता थप्ने, नवीकरण गर्ने काम गरेको भन्दै यसको विरुद्धमा विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

प्रकाशित मिति: Mar 25, 2021

प्रतिक्रिया दिनुहोस्