Logo
५ आश्विन २०८१, शनिबार
(March 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकाभित्र कोरोनाको डर : रात्रिकालीन व्यवसाय गर्न प्रशासनको रोक !

उपत्यकाभित्र कोरोनाको डर बढेको छ । प्रशासनहरुले रात्रिकालीन व्यवसाय गर्न नै रोक लगाउन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

बुधवारको जिल्ला कोरोना भाइरस विपद् व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले राति ११ बजेपछि व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बैठकका निर्णयबारे जानकारी गराउँदै क्वारेन्टीन र आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने निर्णय भएको जनाएका छन् ।

भारतमा कोरोनाको मृत्युदर बढ्दै गएको र नेपालमा समेत संक्रमण पुनः बढेकाले संक्रमण बढ्न नदिन बैठकले केही मापदण्ड निर्धारण गरेको छ । बैठकले व्यवसाय सञ्चालन गर्दा भीडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका तोकिएका मापदण्डहरू पालना गर्नुपर्ने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: Mar 24, 2021

प्रतिक्रिया दिनुहोस्