Logo
३ माघ २०८१, बिहीबार
(March 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब अनलाइनबाटै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने, राष्ट्र बैंकद्वारा ५ सय डलरसम्मको भुक्तानी सेवा खुला

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था नगर्दा अवैधानिक कारोबार मौलाएको भन्दै डिजिटल भुक्तानीको व्यवस्था गरेको छ । आइतबार नै राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन बाणिज्य बैंक र विकास बैंकलाई निर्देशन दिइसकेको छ ।

अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली नहुँदा गेमिङ, शुल्क लाग्ने एप, अमेजन प्राइम तथा नेटफ्लिक्स, अन्तर्राष्ट्रिय ई-कमर्सको सेवा र त्यसको भुक्तानी असहज हुँदै आएको छ । सोही असहज हटाउन अनलाइन भुक्तानी खुला गरिएको हो  ।

जसअनुसार राष्ट्र बैंकले अब अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गरी वार्षिक ५ सय अमेरिकी डलरसम्म खर्च गर्न पाउने व्यवस्था गरेको हो । नेपाली बैंकमार्फत प्रिपेड कार्ड बनाएर सो बराबरको रकम खर्च गर्न पाइने राष्ट्र बैंकले जानकारी दिएको छ ।

वाणिज्य बैंक र विकास बैंकलाई ५ सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड बनाएर जारी गर्न पाउने अधिकार दिएको हो । कार्डमार्फत मात्रै वस्तु तथा सेवा खरिदको भुक्तानी हुँदै आएकोमा केन्द्रीय बैंकले नेपालबाटै वैधानिक रुपमा खर्च गर्न पाइने व्यवस्था मिलाएको हो ।

ग्राहकको अनुरोधमा कार्डमा उक्त दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५ सय वा सो बरावरको अपरिवर्त्य विदेशी मुद्रा जम्मा गर्न सकिनेछ ।

अपरिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रूपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिने राष्ट्र बैंक विदेशी विनिमय विभागले जानकारी दिएको छ ।

यदि कसैले डलर खर्च गरेर आइफोन किनेको छ अथवा आफ्ना बच्चाका लागि लर्निङ एप डाउनलोड गरेको छ भने सो रकमको भुक्तानी गर्न कहाँ जाने अन्यौल थियो । राष्ट्र बैंकले वर्षभरिमा पाँच सय डलरसम्म खर्च गर्ने छुट दिएसँगै त्यस्ता कारोबार बैङ्किङ च्यानलमार्फत हुनेछ ।

प्रकाशित मिति: Mar 22, 2021

प्रतिक्रिया दिनुहोस्