एन आई सी एशिया र स्वदेशी लघुवित्त गाभिसँगै एकीकृत कारोवार शुरु
एन एन आई सी एशिया र स्वदेशी लघुवित्त गाभिसँगै एकीकृत कारोवार शुरु भएको छ ।
आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने (मर्जर) कार्य गरे पश्चात एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोवार शुभारम्भ भएको हो ।
कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने/ गाभिने (मर्जर) सम्बन्धी कार्य गरे पश्चात एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आज एक समारोहका बीच एकीकृत कारोवार शुभारम्भ भएको छ ।
मिति २०७७ श्रावण ३२ गते यी दुई संस्था बिच गाभ्ने /गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई मिति २०७७-०७-१९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त भएको थियो । मिति २०७७-०९-१० गते गाभ्ने-गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तीम सम्झौता भई सो अन्तीम सम्झौता अनुसार गाभ्ने/गाभिने (मर्जर) गर्नेका लागि दुबै संस्थाको मिति २०७७-१०-०४ गते छुट्टाछुट्टै बार्षिक साधारण सभाबाट सम्पन्न गरिएको थियो ।
उक्त बार्षिक साधारणबाट पारित विशेष प्रस्ताव बमोजिम एक आपसमा गाभ्ने/गाभिने (मर्जर) कार्य गर्न अन्तिम स्वीकृती प्राप्त भए अनुसार एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष श्री कपिल ढकालज्यू र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष श्री लालमणी जोेशीज्यूले एक कार्यक्रमका बिच संयुक्त रुपमा गरेका छन् ।
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १५० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् ।
मर्जर पश्चात कुल शाखा संख्या २२३ शाखा कार्यालयबाट १३५,००० भन्दा बढी सदस्यहरुलाई संस्थाले उत्कृष्ट लघुवित्तीय सेवा प्रदान गर्नेछ । मर्जर पश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुग्नेछ भने संस्थाको कर्जा लगानी रु १५ अर्ब भन्दा माथि पुग्नेछ ।
भविष्यमा उत्कृष्ट लघुवित्त बन्ने लक्ष्य साथ अगाडी बढेको यस संस्था यो मर्जर पश्चात अझ बलियो र सबल भई उक्त लक्ष्य हासिल हुनेमा हामी पूर्ण विश्वस्त छौ ।