Logo
५ आश्विन २०८१, शनिबार
(March 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले भित्र केपी ओली थप शक्तिशाली ! सांसद पद खोस्नेसम्मको अधिकार पाए

नेकपा एमालेको केपी शर्मा ओली पक्षको शनिबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाइएको छ।

बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्दसूचीमा रहेका नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार केपी शर्मा ओलीलाई प्रत्यायोजना गरिएको एक सदस्यले जानकारी दिए।

त्यस्तै, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरुको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई नै प्रत्यायोजन गरिएको छ।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय पनि गराइएको छ।

पार्टीभित्र शक्तिशाली बन्दै गएका र विपक्षी समूहको आवाजलाई बेवास्ता गर्दै अघि बढेका ओलीलाई थप शक्तिशाली बनाइएको हो। उनले समानान्तर गतिविधि गर्दै आएका माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षलाई कारबाहीको धम्की दिँदै आएका थिए

बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ। उनीहरुलाई पार्टी हितविरुद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइल्याउन र सरकारको बदनाम गर्न गुट्गत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो।

प्रकाशित मिति: Mar 20, 2021

प्रतिक्रिया दिनुहोस्