Logo
५ आश्विन २०८१, शनिबार
(March 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले एमाले विभाजन गर्न सुनियोजित खेल खेलेको माधव पक्षको आरोप ! (राजनीतिक प्रतिवेदनसहित)

नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हर्षबढाइँ गरेर सुनियोजित रूपमा पार्टी विभाजन गर्न लागिपरेको आरोप लगाएका छन् ।

बुधवारदेखि ललितपुरमा शुरू आफूपक्षीय कार्यकर्ता भेलाको बन्दसत्रमा राजनीतिक प्रस्ताव पेश गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् ।

‘संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टीको राजनीतिक एकतालाई कानूनी व्याख्याद्वारा नेकपा एमालेलाई एकीकरणभन्दा अगाडिको अवस्थामा पुर्‍यायो । त्यो घटना कम्युनिस्ट आन्दोलनका लागि हामी आफैंले गरेको वाचाको प्रतिकूल थियो । त्यसमा समेत हर्षबढाइँ गरेर कमरेड केपी ओलीले एकताबद्ध नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई आफ्नो गुटको विजय र अरूको पराजयको रुपमा प्रचार गराउनुभयो,’ नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

नेता नेपालले फागुन २८ गतेको निर्णयमार्फत सुनियोजित ढंगले पार्टी विभाजनमा लागेपछि एकता बचाउन कार्यकर्ता भेला गर्नु परेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Mar 17, 2021

प्रतिक्रिया दिनुहोस्