Logo
५ आश्विन २०८१, शनिबार
(March 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिको आह्वानमा जारी सर्वदलीय बैठकमा कोको गए ?

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक बसेको छ।

राष्ट्रपति भवन शीतलनिवासमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका शीर्ष नेताहरु सहभागी छन्।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीहरूलाई बोलाइएको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई सहभागी छैनन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी छन्।

यस्तै, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री शंशाक कोइराला, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत पनि सहभागी छन्।

दलहरुका बीचमा प्रतिनिधि सभा विघटनपछि दूरी बढ्दै गएपछि भण्डारीले सर्वदलीय बैठक राखेकी हुन्। प्रतिनिधि सभा विघटन गर्दा कसैसँग परामर्श नगरेको भनी आलाेचना खेपेकी राष्ट्रपतिले सरकारलाई अप्ठेराे परेपछि सर्वदलीय बैठक बोलाएकी हुन्।

सरकारले लिम्पियाधुरासहितकाे नयाँ नक्सा जारी गर्नुभन्दा पहिले पनि सबै राजनीतिक दलसँग उनले छलफल गरेकी थिइन्।

प्रकाशित मिति: Mar 16, 2021

प्रतिक्रिया दिनुहोस्