Logo
५ आश्विन २०८१, शनिबार
(March 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिवारी नेतृत्वको एमालेको नाम परिवर्तन गरेर जजपा राखियो

निर्वाचन आयोगको पत्रानुसार सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम फेरिएको छ ।

नेकपा नाम विवादमा सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएपछि तिवारी नेतृत्वको पार्टीले नाम परिवर्तन गरेको हो ।

आइतबार बसेको केन्द्रीय कमिटी बैठकले जनताको जनवाद पार्टी (जजपा) नेपाल राख्ने निर्णय गरेको पार्टी महासचिव मनीष उपाध्यायले जानकारी दिए । सोही निर्णयानुसार आज आयोगमा पार्टीको नाम दर्ता गरिएको उनले बताए ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा आयोगमा दर्ता भएपछि तिवारीको नेतृत्वमा एमाले दर्ता भएको थियो । सर्वोच्चको फैसलासँगै आयोगले १५ दिनभित्र नयाँ नाम राख्न तिवारी नेतृत्वको पार्टीलाई पत्र पठाएको थियो ।

सर्वोच्च अदालतको फैसला र आयोगको निर्णयको सम्मान गर्दै पार्टीको नाम परिवर्तन गरिएको उपाध्यायले बताए ।

प्रकाशित मिति: Mar 15, 2021

प्रतिक्रिया दिनुहोस्