Logo
१४ मंसिर २०८१, शुक्रबार
(March 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बम विस्फोटमा परि घाइते भएकालाई हेलिकप्टरबाट काठमाण्डौ ल्याइयो

प्रदेश २ स्थित सिराहा जिल्लाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोटमा परि घाइते भएकाहरु मध्ये एक जनालाई काठमाण्डौ ल्याइएको छ ।

लहानमै उपचार गर्न सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उनलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । सो घटनामा परि अन्य घाइते भएकाहरुको स्थानीय स्तरमै उपचार भइरहेको छ ।

संघीय सरकारका कानुनी मन्त्री लिलानाथ श्रेष्ठको पहलमा तत्काल हेलिकप्टर मगाई काठमाण्डौ पठाइएको स्थानीय नेकपाका एक नेताले बताए ।

उक्त विस्फोटाको जिम्मा भने जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चा ९क्रान्तिकारी० ले लिएको छ । विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा पनि भेटिएको थियो ।

आइतबार दिउँसो भएको सो विष्फोटमा परी ७ जना घाइते भएका छन् । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Mar 14, 2021

प्रतिक्रिया दिनुहोस्