Logo
५ आश्विन २०८१, शनिबार
(March 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डलाई भेट्न एमाले नेता माधवकुमार नेपाल पुगे पेरिसडाँडा

प्रचण्डलाई भेट्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पेरिसडाँडामा पुगेका छन् ।

माओवादीको कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठक सकेर प्रचण्डले एमाले नेता नेपालसँग भेटवार्ता गरेका हुन्।

प्रचण्ड र नेपालबीच भेटवार्ता चलिरहेको पुष्टि गरेपनि उनीहरूनिकट नेताहरूल ठाउँ भने खुलाएका छैनन्।

प्रचण्ड र नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउनुअघिको नेकपामा प्रचण्ड र नेपाल सँगै थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको एउटा पक्षको नेतृत्व गर्दा प्रचण्ड र नेपालले अर्को पक्षको नेतृत्व गरिरहेका थिए।

तर, फागुन २३ गते सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई खारेज गर्दै साविक एमाले र माओवादी केद्र ब्युँताएको थियो। त्यसपछि दुई पार्टी अलग अलग भएका थिए।

प्रकाशित मिति: Mar 14, 2021

प्रतिक्रिया दिनुहोस्