विज्ञप्ती जारी गर्दै गोइतले लियो बम विस्फोटको जिम्मा (विज्ञप्ती सहित)
प्रदेश २ स्थित सिराहा जिल्लाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।
विष्फोट भएको स्थानमा पनि उक्त समूहको पर्चा भेटिएको थियो । आइतबार दिउँसो भएको सो विष्फोटमा परी ७ जना घाइते भएका छन् । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिएका छन् ।
इमेल मार्फत पठाइएको विज्ञप्ती जस्ताको त्यस्तै :