Logo
५ आश्विन २०८१, शनिबार
(March 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली पक्षलाई काउन्टर दिन नेपाल पक्षले बनायो समानान्तर कमिटी

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले केपी शर्मा ओली पक्षलाई काउन्टर दिन समानान्तर कमिटी बनाएको छ ।

शनिबार बसेको नेपाल पक्षको केन्द्रीय समिति बैठकले विभिन्‍न कमिटी बनाएको केन्‍द्रीय सदस्‍य विष्‍णु रिजालले जानकारी दिए ।

नेपाल पक्षको केन्‍द्रीय समिति बैठकले प्रदेश १ इन्चार्जको जिम्मा भीम आचार्यलाई दिएको छ । त्यस्तै प्रदेश २ मा घनश्याम भुसाल, वाग्मतीमा अष्टलक्ष्मी शाक्य, गण्‍डकीमा सुरेन्द्र पाण्डेलाई, लुम्बिनीमा युवराज ज्ञवाली र सुदरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी भीम रावललाई दिएको छ ।

त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली पक्षको केन्द्रीय समिति बैठकले जिम्मेवारी हेरफेर तथा केन्द्रीय समितिमा सदस्य थप गरेको थियो ।

प्रकाशित मिति: Mar 13, 2021

प्रतिक्रिया दिनुहोस्