Logo
१० माघ २०८१, बिहीबार
(March 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाको संसदीय दलको बैठक बस्दै, विधान पारित र नेता चयन गर्नेबारे छलफल गर्ने

जनता समाजवादी पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने बताइएको छ । बैठकमा संसदीय दलको विधान पारित तथा नेता चयन गर्नेबारे छलफल हुनेछ।

सत्ता सहकार्य सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिरहेको जसपाको संसदीय दल बैठकलाई महत्वका साथ हेरिएको छ ।

जसपाले आफ्नो पार्टीका सांसदलाई यसअघि नै संसदीय दलको विधान अध्ययनका लागि दिएको थियो । जसका विषयमा आजको बैठकमा आआफ्ना धारणा प्रस्तुत गर्ने र विधान पारित गर्ने जसपाको तयारी छ ।

यो सँगै संसदीय दलको नेता चयन प्रक्रिया पनि सुरु हुने जसपाले जनाएको छ । गत वैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० र समाजवादी पार्टीबीच एकीकरण गरी जसपा बनाइएको हो ।

त्यसयता संसदीय दलको नेता चयन भएको छैन । सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग बनाइदिएपछि सत्ता सकिकरणमा जसपालाई महत्वपूर्ण मानिएको छ ।

यद्पि जसपाले सत्ता साझेदारी गर्ने विषयमा भने केहि बताएको छैन। जसपाले आफ्ना माग पुरा भएपछि मात्र सत्ता साझेदारी गर्ने विषयमा सोच्न सकिने बताउँदै आएको छ । त्यस्तै आज पनि सरकार र जसपाबीच सत्ता साझेदारी विषयमा छलफल हुन गइरहेको जसपाले जनाएको छ ।

प्रकाशित मिति: Mar 12, 2021

प्रतिक्रिया दिनुहोस्