Logo
१० माघ २०८१, बिहीबार
(March 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले र जसपाबीच सत्ता साझेदारी : उपेन्द्र यादव सहित शिर्ष नेताहरूसँग ओलीको छलफल

अन्ततः जनता समाजवादी पार्टी र सत्तासीन एमालेसँग सत्ता साझेदारी हुने भएको छ । जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा साझेदारी गर्न प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका हुन् ।

प्रधानमन्त्री ओलीले बिहीबार साँझ एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए ।

पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

नेकपा एमाले र जसपाका शीर्ष नेताहरूकाे प्रधानमन्त्री ओलीसँगकाे उच्चस्तरीय भेटघाट निकै नै साकारात्म भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन् । भाेलि पनि कार्यदलस्तरमा अनाैपचारिक छलफल हुने उनले बताएका छन् ।

भेटमा सहभागी जसपाका नेता लक्षणलाल कर्णले भने, ‘हामीले कैदीबन्दी साथीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन हाम्रो बटमलाइन हो भनेका छौं । प्रधानमन्त्रीजीले म सकारात्मक छु भन्नु भएको छ ।’

उनका अनुसार अबको वार्ता कार्यदल स्तरमा हुनेछ । एमालेले जसपासँग वार्ता गर्न सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको कार्यदल बनाएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई खटाएका थिए । अब त्यसमा अरु नेताहरुलाई राखेर कार्यदल बनाउने तयारी छ ।

प्रकाशित मिति: Mar 11, 2021

प्रतिक्रिया दिनुहोस्