Logo
५ आश्विन २०८१, शनिबार
(March 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीको स्थायी समिति बैठक तत्काल बोलाउन माधव नेपाल पक्षको माग

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षीय स्थायी समिति सदस्यहरुले तत्काल पार्टीको स्थायी समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।

बिहीबार काठमाडौँको बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल–खनाल पक्षीय स्थायी समितिको बैठकले तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेको उपाध्यक्ष भीम रावलले बताए।

‘अहिलेको परिस्थििको बारेमा समीक्षा गर्न र अगाडि कसरी जाने भन्नेबारे छलफल गर्न स्थायी समिति बैठक बोलाउन माग गर्ने भन्ने हाम्रो निष्कर्ष रह्यो’, उपाध्यक्ष रावलले भने।

उनले अहिलेको परिस्थितिबारे छलफल गर्न केन्द्रीय समिति बैठक नै बस्नु पर्ने भए पनि तत्कालका लागि स्थायी समिति बैठक बोलाउन आग्रह गरिएको बताए।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई खारेज गरेपछि नेपाल समूहले पार्टीभित्रै रहेर आन्तरिक संघर्ष गर्ने निष्कर्ष निकालेको थियो।

एमाले र माओवादी भिन्दाभिन्दै पार्टी भएपछि माओवादी केन्द्रले स्थायी समितिको बैठक राखिसके पनि एमालेको दुई समूहबीच भने अहिलेसम्म औपचारिक वार्ता समेत भएको छैन।

प्रकाशित मिति: Mar 11, 2021

प्रतिक्रिया दिनुहोस्