Logo
१४ मंसिर २०८१, शुक्रबार
(March 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेढलाख घुससहित जनकपुरधामका कर अधिकृत र दलाल रंगेहात पक्राउ

प्रदेश नं २ स्थित जनकपुरबाट आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृतसहित २ जना डेढ लाख घुस सहित पक्राउ परेका छन् ।

अन्त शुल्क समायोजन गर्न सेवाग्राहिबाट लिएको १ लाख ५० हजार रुपैया घुस सहित कर अधिकृत रमेश ढकाल र कन्सलटेन्सी सञ्चालक नविन कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले पक्राउ गरेको हो ।

बुधबार राति ९ बजे दुबै जनालाई घुस रकम सहित अन्नपूर्ण गेष्टहाउसबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जानकारी दिएको छ ।

जनकपुरधारम उपमहानगरपालिका -६ स्थित नटराज स्प्रिट इन्डस्ट्रीज प्रालीको अन्त शुल्क समायोजन गर्नका लागि कर अधिकृत ढकालले १ लाख ५० हजार घुस मागेका थिए ।

घुसको रकम आर एन म्यानेजमेन्ट अकाउन्ट् कन्सलटेन्सीका प्रोप्राइटर नविन कर्णलाई दिन भनेका थिए । कर अधिकृत ढकालले कर्णको मोवाइल नम्बर दिएर घुस रकम दिन भनेका थिए ।

सेवाग्राहीबाट लिएको घुस सहित दुवै जनालाई पक्राउ गरिएको आयोगले जनाएको छ ।दुवै जनाले एक जना डिष्टिलरी उद्योगीसँग कर बापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारको भनाइ छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: Mar 11, 2021

प्रतिक्रिया दिनुहोस्