Logo
५ आश्विन २०८१, शनिबार
(March 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश इन्चार्जको बोर्ड राख्ने विषयमा विवाद हुँदा ओली र नेपालका कार्यकर्ताबीच कुटाकुट!

नेकपा (एमाले)का दुई पक्षबीच विवाद हुँदा धनगढीमा कुटाकुट भएको छ।

प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो।

आज एमालेको प्रदेश कार्यालय रहेको भवनमा एमालेको ब्यानर टाँस्ने कार्यक्रम थियो।

नेपाल पक्षधर समूह बिहानै पुगेर त्यहाँ आफूले छापेर ल्याएको ‘नेपाल कम्युनिष्ट पार्टी
दिउँसो ओली पक्षका नेता/कार्यकर्ता अर्को ब्यानर लगेर त्यहाँ पुगे। उनीहरूले नेपाल पक्षले टाँसेको ब्यानर हटाएर आफूले छापेको ब्यानर टाँसे।

प्रदेश इन्चार्जको कार्यकक्षको ढोकानेर नेपाल पक्षको राखेको नेमप्लेटमा यसअघि भीम रावलको नाम थियो।

त्यो हटाएर ओली पक्षले प्रदेश इन्चार्जको लेखराज भट्टको नेमप्लेट टाँसे।

नेपाल पक्षधरले रावलको नाम हटाएर भट्टको लेखेको भन्दै नेमप्लेट निकाले। यसपछि दुई पक्षबीच विवाद भएको हो।

नेपाल पक्षधर नेता तथा कैलाली जिल्ला कमिटी सदस्य दीर्घ जोशीले ओली पक्षले भीम रावलको नाम हटाएर लेखराज भट्टको नाम प्रदेश इन्चार्जको नेमप्लेटमा लेखेपछि कार्यकर्ताले आक्रोशित भई हात हालाहाल भएको बताए।

‘हाम्रा केटाहरूले एक-दुई जनामाथि कुटपिट गरिदिएछन्, पछि प्रहरी आएर रोकेपछि साम्य भयो,’ उनले भने।

ओली पक्षका नेता तथा प्रदेश सभाका सदस्य पठानसिंह बोहराले पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड लगाउने कार्यक्रममा विवाद भएको बताए।

‘त्यो कार्यक्रममा आएर केहीले अफिसमा नेमप्लेट फोड्ने, तोडफोड गर्ने गर्नुभएछ, त्यसै विषयलाई लिएर हातहालाहाल भएको हो,’ उनले भने।

बोहराले पार्टीको केन्द्रीय कमिटीले लेखराज भट्टलाई प्रदेशको इन्चार्ज तोकेर जिम्मेवारी दिएको हुनाले नेमप्लेटमा उनको नाम लेखिएको बताए।

प्रकाशित मिति: Mar 10, 2021

प्रतिक्रिया दिनुहोस्